November 7, 2020 0 Comments

मोक्षभुमी: एउटा सफल प्रयोग

[शिलापत्रमा प्रकाशित]

त्यसताका म विद्यालय-स्तरिय, वडा-स्तरिय, गाविस-स्तरिय लगायतका हाजिरीजवाफ प्रतियोगिताहरुमा एकप्रकारले चर्चित नै थिए भन्नुपर्छ। पढाईमा औसत विद्यार्थी भए पनि निमावी तहमा प्याब्सनले आयोजना गरेको ३ वटा प्रतियोगिता लगातार जितेपछि मेरो कद स्कुलमा हलक्कै बढेको थियो। नयाँ भर्ना खुल्ने बेलामा ‘पढाईमा मात्रै हैन, अतिरिक्त क्रियाकलापहरुमा पनि हामी अगाडी छौ है…’ भनेर देखाउनको लागी स्कुलले मलाई अभिवावकहरुको अगाडी बेच्ने गर्थ्यो।

October 16, 2020 0 Comments

अब ‘सितायण’ लेखिनु पर्छ।

 
महाभारत जस्तो रामायणले खासै आकर्षित गर्न सकेन। किनभने मेरो विचारमा महाभारतको मुख्य पात्र भनेर ठ्याक्कै एकजना कोही पनि छैनन् - कृष्ण, अर्जुन, दुर्योधन, द्रौपदी, भीष्म ईत्यादी सबैजनालाई महाभारतको मुख्य पात्र मान्न सकिन्छ। तर, रामायणमा भने त्यस्तो छैन। रामायणमा राम मात्रै मुख्य पात्र हुन्, अरु सबै उनको वरीपरी घुम्ने सहायक। पुरै कथा रामको पराक्रम वरीपरी मात्रै घुम्दछ।

तर एकदिन मैले एउटा वार्तालापको क्रममा रामायणको मुख्य पात्र राम नभएर सीता चै हुन् भनेर थाहा पाए। र, त्यसले रामायणलाई हेर्ने मेरो दृष्टिकोण नै बदलदियो। आउनुस् लेखिएको तर स्पष्ट रुपमा नखुलाईएको, आफैले खोजेर बुझ्नु पर्ने रामायणको यो लुकेको पाटोबारे केही चर्चा गरौ। 


October 5, 2020 0 Comments

‘वीरा’ मसँग डराउन छोडी

 [शिलापत्रमा प्रकाशित]

मैले वीराको अपहरण गर्दाखेरी उसको बिहे हुनै आँटेको थियो। 

हातमा मेहेन्दी लाएर, सबै किनमेल सक्काईवरी आफ्नो हुनेवाला पतिसँग हिडिरहेको बखत बिहेको ठिक अघिल्लो रात आकस्मात अपहरणमा पर्दा कस्तो महसुस हुन्छ भनेर तपाई सोच्न पनि सक्नु हुन्न। म पनि सोच्न सक्दिन। वीराले मात्रै सोच्न सक्छे।

अहिलेको लागी विवाह भएको ठिक भोलिपल्ट श्रीमान बितेर आजीवन बिधुवा भएर बाँचेकी हाम्री डल्ली फुपुको कहानीलाई तपशिलमा नै राखौ। उनको र वीराको कहानी उस्तै भए पनि एउटै नहुन सक्छ।

Image Source: Shilapatra

 
;