September 23, 2022

फणिश्वरनाथ रेणुको ‘मैला आँचल’ र ध्रुवचन्द्र गौतमको ‘अलिखित’ पढिसकेपछि

मैला आँचल पढ्न सुरु गरेपछि थाहा पाईयो - अलिखितलाई पनि मैला आँचल बाट प्रभावित भएको बात लाग्ने रैछ। यत्रो महान् पुस्तकहरुको समिक्षा गर्न सक्ने हैसियत मेरो छैन। तर, अलिखित प्रभावित भएको हो त ?

भारतिय साहित्यमा ‘मैला आँचल’ लाई पहिलो तथा अहिलेसम्मकै बलियो आञ्चलिक उपन्यास मानिन्छ। नेपाली साहित्यमा अलिखित पहिलो आञ्चलिक उपन्यास हो कि होईन त मलाई थाहा छैन, तर एउटा बलियो आञ्चलिक उपन्यास चै पक्कै हो।

Amazon.com: Maila Aanchal (Hindi) eBook: Renu, Phanishwarnath : Kindle ...

मैला आँचलको कथा भारत स्वतन्त्र हुनु एक वर्ष अगाडी र एक वर्ष पछाडी आसपासको अर्थात सन् १९४६ - ४८ आसपासको रहेको छ। वि स २०४० सालको मदन पुरस्कार प्राप्त अलिखितको कथा पञ्चायतकै कुनै एक कालखण्डको रहेको मान्न सकिन्छ।

दुईवटै कथामा पिछडिएको एक गाउँको कथा रहेको छ। नेपालसँग सिमाना जोडिएको विहारको मेरीगञ्ज र भारतसँग सिमाना जोडिएको जिल्लाको गाउँ विरहिनपुर, बरेवा कथा क्रमशः मैला आँचल र अलिखितमा पढ्न पाईन्छ। गौतमलाई प्रभावित भएको बात लाग्ने गरेको, लगभग एउटै भुभागको कथा भएको कारण पनि हुनसक्छ।

विरहिनपुरमा बाहिर शहरबाट उत्खनन गर्ने उद्देश्यका साथ ११ जना सरकारी व्यक्तीहरु गाउँ प्रवेश गर्छन्। एकाध बाहेक उनीहरु त्यस गाउँमा आउन एकदमै अनिच्छुक देखिन्छन्। मेरीगञ्जमा बाहिर शहरबाट मलेरियाको अनुसन्धान गर्ने उद्देश्यका साथ एकजना शहरिया डाक्टर गाउँमा प्रवेश गर्छन्।

मेरीगञ्ज गाउँको केन्द्रमा तहसिलदार विश्वनाथ र बरेवा गाउँको केन्द्रमा जिम्दार विश्वनाथ रहेका छन्। सारा गाउँ प्रत्यक्ष-परोक्ष रुपमा उनीहरुमै आश्रीत देखिन्छन्। [सामन्ती प्रवृत्तिका दुवै व्यक्तीको नाम एउटै भएको कारण पनि गौतम प्रभावित भएको भन्ने कुरामा बल परेको हुन सक्छ।]

गरीबी, अशिक्षा लगायत विभिन्न समस्याहरुले पिडित दुवै गाउँमा आ-आफ्नै आशाका केन्द्रहरु रहेका छन्। मेरीगञ्जमा महात्मा गान्धीको ‘भारत छोडो आन्दोलन’ले ल्याउने ‘स्वराज’मा सबैको आशा जोडिएको हुन्छ। बरेवामा सबैको आशा दुर्योधनले सम्पत्ती छाडेको भनिएको ‘दोरन्तल पोखरा’मा अडिएको हुन्छ।

रेणुको उपन्यासका गरिबहरुले Intangible जिनिसमा आफ्नो आशा जोडेको देख्दा उनीहरु राजनैतिक रुपमा अलिक धेरै नै जागरुक भएको हुन् कि जस्तो लाग्छ। तर अफसोच। गौतमको उपन्यासका गरिबहरुको आशा Tangible जिनिसमा अडिएको छ। उनीहरुको चेतना रेणुको उपन्यासको पात्रहरुको जति देखिदैन।

राजनैतिक रुपमा ‘मैला आँचल’ अलिक धेरै नै सचेत देखिन्छ। कांग्रेस, RSS, सोसलिस्ट लगायतका पार्टीहरुको सशक्त उपस्थिती देखिन्छ। राजनैतिक रुरमा विरहिनपुर, बरेवा एकदमै निरिह गाउँ देखिन्छ। जिम्दार विश्वनाथले पञ्चायतको चुनाव सधैं जित्छन् तर बरेवा बासीले भोट हाल्न पाउदैनन्।

विरहिनपुर, बरेवा एकदमै पिडित गाउँ देखिएको छ। उक्त गाउँ देशको मानचित्र मै छैन, कुनै रेकर्डमै छैन। न भोट हाल्न पाउँछन्, न कुनै सरकारी कामकाजमा उक्त गाउँको उल्लेख गरिएको देख्न पाईन्छ। मेरीगञ्जमा जस्तै यहाँ पनि पथभ्रष्ट जोगी, शासकको चम्चागिरी गर्ने नारद प्रवृत्तीको व्यक्तीहरु छन्।

रेणुले तृतिय पुरुषको प्रयोग गरेर गाउँको कथा भनेको छन्। उनको कथा कुनै सिमित व्यक्तीको नजरमा देखिन्न। जसको कारण गाउँको कुनै पनि व्यक्तीलाई प्रमुख पात्र मान्न सकिन्छ। सबैको आ आफ्नै बलियो कथा रहेको छ। रेणुको कथाको Scope एकदमै विशाल देखिन्छ। उनले आफ्नो कथामा समग्र गाउँलाई अटाएको छन्।

गौतमले प्रथम पुरुषको प्रयोग गरेर कथा भनेको कारण उनको उपन्यासको Scope तुलनात्मक रुपमा सानो देखिएको छ। उनले पुरा गाउँ अटाउन नसके पनि सकेसम्म सबै गाउँलेलाई अटाउने प्रयास गरेको छन्। सुत्रधारको भर परेको हुनाले कथानक अलिकति खुम्चिएको हो कि जस्तो महसुस हुने रहेछ।

तहसिलदार विश्वनाथले आर्थिक आर्जन तथा आफ्नो प्रतिस्पर्धी तथा विरोधीहरुलाई तह लगाउनको लागी पुरापुर ‘सन्थाल’ समुदाय माथी नै अन्याय गर्छन् र गाउँकै सर्वेसर्वा बन्छन्। जबकी जिम्दार विश्वनाथ त्यतिविघ्न क्रुर लाग्दैनन्। उनले आफ्नो विरोधी ‘ईनरा’, ‘सुनरा’ एक्लैलाई मात्रै तह लगाईदिन्छन्।

पुस्तक पढ्दै जाँदा रेणुले भरपुर रुपमा Satire को प्रयोग गरेको देखिन्छ भने गौतमले आफ्नो Sense of Humor लाई प्रयोग गरेर पुस्तकलाई Dark Comedy ले भरिपुर्ण बनाएको छन्। रेणुले Show, Don’t Tell को अवधारणा अपनाएको देख्न पाईन्छ। उनको पुस्तकमा व्यंगहरु भरपुर रुपमा पाईन्छन्।

जस्तैः रेणुको पुस्तकमा जात-व्यवस्था नै नमान्ने सोसलिस्ट पार्टीले कालीचरणलाई यादव भएकोले पार्टीसदस्य बनाउँछ। त्यस्तै कालीचरणले घर फर्किदा ‘द्वन्दात्मक भौतिकवाद’ र ‘यीशुका सन्देश’ नामक पुस्तक लिएर घर फर्किन्छ। मार्क्सवाद र धार्मिक पुस्तक सँगै भिडाएर रेणुले मिठो व्यंग गरेका छन्।

मार्क्सवादी विचारधाराको पत्रिका ‘लाल पताका’को सम्पादकलाई त रेणुले अझ मठमा नै ठहराएका छन्। यस्ता कैयौं खालका व्यंगहरु रेणुले एकदमै मजाले कथामा घुसाएको छन्। लोकगीत तथा गायनको प्रयोगले उपन्यास एकदमै Organic महसुस हुन्छ। गीतहरु निकाल्यो भने उपन्यास सपाट बन्न पुग्छ।

उता गौतमले आफ्नो wit प्रयोग गरेर जस्तै दर्दनाक विषयलाई पनि सहज बनाउछन्। जस्तैः सुनरालाई जेलमा पुलिसले कोच्दा उनी भन्छन् - प्रहरी चौकीमा उसलाई खानपान सहित विश्राम गर्ने सुविधा दिईएको छ। जिम्दारले गरगहना लिलाम गर्दा भन्छन् - उनले महिलाहरुको गरगहनाको रक्षा गर्ने जिम्मा लिएको थिए।

अलिखित [Alikhit] by Dhruba Chandra Gautam

तर, उनको Dark Comedy मात्रै हैन Satire पनि बुलन्द छ। जिउँदो मान्छेहरुलाई भोक, गरिबी र चरम निराशामा राखेर राज्यको स्रोत र साधन ईतिहासको कुनै कालखण्डमा मरिसकेका व्यक्तीहरुलाई उत्खनन गर्न प्रयोग भईरहेको हुन्छ। जिउँदा मान्छेहरुलाई कंकाल सरह छाडेर धर्तीमुनी कंकालको खोजी भईरहन्छ।

रोगको कारण मृत्यु भएकी मेरीको नाममा रेणुको उपन्यासको गाउँ मेरीगन्ज बन्न पुगेको छ। बलात्कारपछि मृत्यु भएकी विरहिनको नाममा गौतमले आफ्नो गाउँलाई विरहिनपुर राखेका छन्। खासमा यो दुईवटा उपन्यासको तुलना गर्नु नै मुर्खता हो। रेणुको अन्त्य आशावादी देखिन्छ, गौतम निराशावादी देखिन्छन्।

आफ्नो तहसिलदार पात्रलाई redemption को लागी समय, ठाउँ र घटना जुटाईदिएर रेणुले एकप्रकारको सुखद अन्त्य गरेका छन्। गौतम बरु realistic देखिएका छन्। कसैलाई नि गरिब गुरुबाको मृत्यु वा भनौ गायब भएको प्रती दुखी देखाएका छैनन्। दुखी भएकाहरु नि temporary छन्। समाजको असली अनुहार त्यही हैन र

जंगलमा बाघ र सिंह झगडा गर्यो भने कसले जित्छ भनेर कसैले सोध्यो भने मेरो उत्तर हुन्छ - बाघ र सिंहले झगडै गर्दैनन्। यो दुई उपन्यासहरु बाघ र सिंह हुन्। यिनीहरु तुलना गर्न मिल्दैन। आञ्चलिक भएको कारण किस्सा र केही पात्रहरु मिल्नु पुरापुर संयोग मात्रै हो। वा भनौ, त्यो किस्सा सत्य हो।

र अन्त्यमा, भारत स्वतन्त्र हुँदाखेरी जस्तो त्यहाँको गाउँ देखिएको छ। त्यो भन्दा कैयौं गुणा पिछडिएको नेपाली गाउँ चालिस साल आसपास देखिएको छ। त्यो चै एकदमै दर्दनाक र दुःखदायक कुरा हो।

0 Comments:

Post a Comment

 
;