January 2, 2017

आर्यघाटमा

Image Source: Google

एक हुल लासहरु
आर्यघाटतिर लागे
आफ्नो आफ्नो औकातअनुसार
जल्नको लागि 


मैले आर्यघाट र तिमीमा
कुनै अन्तर देखिन

मैले लास र म स्वयंमा
कुनै फरक भेटिन

एउटा लास जलेर खरानी नहुँदै
आर्यघाटमा
जल्नको लागि
अर्को लास तयार हुन्थ्यो

(तलबाट माथी र माथीबाट तल जसरी पनि पढ्न सकिने कविता)

0 Comments:

Post a Comment

 
;